बुधबार, पुस ९, २०८२

एमएडब्लू हायर पर्चेजले ल्यायो मोबाइल एप

 |  शुक्रबार, जेठ १८, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १८, २०८१

काठमाडौं- आजको डिजिटल युगमा हरेक उद्योगका लागि अपरिहार्य आवश्यकता बन्दै गएको इनोभेसन र प्राविधिक विकास लगभग सबै क्षेत्रहरूमा द्रुत रूपमा अगाडि बढिरहेको छ।

National life

लेनदेनमा आवश्यक पारदर्शिता, सुरक्षित र सुविधाजनक किस्ता भुक्तानी प्रणाली, रियल(टाइम सेटलमेन्ट र नोटिफिकेसनका साथै अन्य धेरै सुविधाहरू ‘हायर-पर्चेज’ क्षेत्रका ग्राहकहरूका लागि अति जरुरी हुने हुँदा बढ्दो डिजिटल उपयोगिता हायर पर्चेज उद्योगमा पनि लागू हुन्छ। यसर्थ, ‘एमएचपीएल एप’ को सुरुवात ग्राहकहरूको सेवामा सहजता प्रदान गर्नका लागि एउटा कोसाढुंगा हो।

‘एमएचपीएल’ एपको सुरुवात भएसँगै अब ग्राहकहरूका लागि कर्जा भुक्तानीको कारोबार डिजिटल रूपमा गर्नका लागि एक सुविधाजनक विकल्प उपलब्ध हुनेछ। अब आफ्नो कर्जाको अवस्था जान्नका लागि ग्राहकहरूले भौतिक रूपमै उपस्थित हुनुपर्ने पुरानो बाध्यता पनि हट्ने छ। एमएचपीएलले गहिरो अध्ययन र उपभोक्ताहरूको आवश्यकतालाई ध्यानमा राखी यो एप ल्याएको हो। एमएचपीएल एप निम्नलिखित सुविधाहरूसहित निर्माण गरिएको छ;

- कर्जा विवरणहरूको जानकारी र बाँकी सावा रकम को भुक्तानी तालिका
- एपभित्र सुरक्षित र सुविधाजनक ईएमआई भुक्तानीका विद्धुत्तिय विकल्पहरू उपलब्ध
- कर्जा अवस्थाको जानकारीको रियल टाइम नोटिफिकेसनहरु
- झन्झटमुक्त अनुभवका लागि युजर-फ्रेन्डली इन्टरफेस


एमएचपीएल एमएडब्लू ग्रुपद्वारा प्रवर्धित र नेपाल राष्ट्र बैङ्कद्वारा इजाजत प्राप्त हायर(पर्चेज क्षेत्रको एक चिरपरिचित नाम हो। कम्पनीले देशभरका ३० हजारभन्दा बढी ग्राहकहरूलाई आफ्नो सेवा प्रदान गरिसकेको छ। यसले हालसम्म आफ्नो व्यापक सञ्जाल मार्फत नेपालभर कुल १० अर्ब १९ करोड रुपैयाँको कर्जा प्रवाह गरिसकेको छ।

Laxmi sunrise bank
kumari

एमएचपीएलले दुई पाङ्ग्रे सवारीसाधन, ईभी र फोसिल फ्युल लाग्ने दुवै खाले अटो मोबाइलहरू, सेकेन्ड ह्याण्ड कारहरू, व्यापारिक सवारीसाधनहरू  [इभी र फोसिल फ्युल इन्धन], भारी र कृषि उपकरणहरूलाई ऋण उपलब्ध गराउँछ। संस्थाले देशको अर्थतन्त्रलाई अगाडि बढाउन मद्दत गर्ने हेतुले स्वरोजगार सिर्जना गर्न विभिन्न उद्यमहरूलाई ऋण उपलब्ध गराउने कार्यलाई आफ्नो मुख्य प्राथमिकतामा राखेको छ।

 

प्रकाशित: May 31, 2024| 16:24 शुक्रबार, जेठ १८, २०८१
प्रतिक्रिया दिनुहोस्