बुधबार, पुस ९, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • खुकुरी रमले ग्लोबल रम एम्बेसेडर इयान बरेललाई नेपाल ल्याउने

खुकुरी रमले ग्लोबल रम एम्बेसेडर इयान बरेललाई नेपाल ल्याउने

 |  शुक्रबार, जेठ १८, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १८, २०८१

काठमाडौं- रम ब्रान्ड खुकुरीले रम–प्रवर्द्धनार्थ कार्यक्रमका लागि ‘ग्लोबल रम एम्बेसेडर’ इयान बरेलसँग पहिलोपटक सहकार्य गरेको छ। बेलायतीमूलका इयान बरेल विश्व रम उद्योगमा विशेषज्ञतासहित तीन दशकभन्दा बढी अनुभवका साथ विश्वभर रमसम्बन्धी विभिन्न कार्यक्रममा सक्रिय सहभागिता जनाउने सर्वसम्मानित ‘एडु टेनर’ हुन्।

National life

आगामी जुन ३ र ४ मा आयोजना हुने यो कार्यक्रमले ग्लोबल रम एम्बेसडरमार्फत नेपाली रम उद्योगकै सर्वप्रिय रोजाइ खुकुरी रम र यसको विशुद्ध नेपाली स्वाद प्रस्तुत गर्दै विश्वसामु नेपाली उत्पादन र शिल्प प्रवर्द्धन गर्ने कम्पनीले जनाएको छ।

इयान बरेलले आफ्नो मिक्सोलोजी, रम उत्पादन, रम उद्योगका पछिल्ला प्रवृत्तिहरूमा आफ्नो अनुभवबाट ज्ञानबर्द्धक कुराहरू मास्टर क्लासमार्फत प्रस्तुत गर्नेछन्। साथै प्रशिक्षात्मक कार्यक्रममा सहभागी हुनेहरूले रम टेस्टिङ, नेटवर्किङलगायतको अनुभव लिन सक्नेछन्। यो कार्यक्रम, नेपाली रम पारखी तथा विशेषत: बारटेन्डरहरूलाई अन्तर्राष्ट्रिय उद्योगकोबारेमा जानकारी लिने, सीप अभिवृद्धि गर्ने र नेटवर्क बनाउने सही अवसर हो।

खुकुरी रमको उत्पादक द नेपाल डिस्टिलरिजका महाप्रबन्धक सुभाष लामिछानेले नेपालमै यस किसिमको पहिलो कार्यक्रमको लागि ग्लोबल रम एम्बेसेडर इयान बरेलसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए।

सन् १९५९ देखिको लामो विरासत बोकेको खुकुरी रम विश्वसनीय गुणस्तर, अतुलनीय स्वाद र उत्कृष्ट रम उत्पादन शिल्पको लागि नेपाल तथा विश्वका उपभोक्ता तथा रम पारखीहरू माझ प्रख्यात ब्रान्ड बनेको पनि बताइएको छ।

Laxmi sunrise bank
kumari

 

प्रकाशित: May 31, 2024| 16:21 शुक्रबार, जेठ १८, २०८१
प्रतिक्रिया दिनुहोस्