आइतबार, मंसिर २८, २०८२

हुरीले पोल ढाल्दा तनहुँका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध

 |  शुक्रबार, जेठ १८, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १८, २०८१

तनहुँ- हुरीले विद्युत् पोल ढाल्दा तनहुँका विभिन्न स्थानमा विद्युत् सेवा अवरुद्ध भएको छ। बिहीबार साँझको हुरीबतासले विद्युत् पोल ढलेका हुन्।

National life

हुरीले भएको क्षतिबारे विवरण प्राप्त भइनसकेको नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले जनाएको छ। पोल ढलेर विद्युत् सेवा अवरुद्ध हुँदा कैयौँ स्थानका बासिन्दा प्रभावित भएका केन्द्र प्रमुख विजयराज रेग्मीले जानकारी दिए। 

व्यास– १० बैरेनी, व्यास– ७ कलेस्ती, व्यास– १२ छिर्कन र व्यास– १३ पोखरीभञ्ज्याङलगायतका स्थानमा विद्युत् सेवा अवरोध भएको उनले बताए। यसैगरी, व्यास– ११ बेल्टारीमा चारवटा विद्युत् पोल र रुख ढालेपछि विद्युत् सेवाका साथै सडक पनि अवरुद्ध भएको छ।

‘हुरीबतासले ठूला रुखसमेत ढालेका कारण सडक अवरुद्ध भएको छ। राति १० बजेसम्म आठ–दशजनाको टोली खटिएर काम गरे पनि अवरोध हटाउन सकिएन,’ उनले भने।

प्रकाशित: May 31, 2024| 21:31 शुक्रबार, जेठ १८, २०८१
प्रतिक्रिया दिनुहोस्