बुधबार, पुस ९, २०८२

पर्वतमा खरबुजाको व्यावसायिक उत्पादन   

 |  शुक्रबार, जेठ १८, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १८, २०८१

पर्वत- पर्वतमा खरबुजाको व्यावसायिक उत्पादन सुरू भएको छ। गर्मीयाम र खडेरीका बेला बजारमा अत्याधिक माग हुने खरबुजा तराईका नदीबगर र बलौटे पाँगो माटो भएका ठाउँमा खेती हुने गरेकामा पहाडी जिल्ला पर्वतमा पनि उत्पादन गरिएको हो। यसअघि परीक्षणका रूपमा उत्पादन सफल भएपछि अहिले व्यावसायिक रुपमा उत्पादन थालिएको हो।

National life

कुश्मा नगरपालिका–७ मा रहेको पुरी एग्रो फार्मका सञ्चालक नीलराज पुरीले चार रोपनी क्षेत्रफलमा खरबुजा लगाएका हुन्।

विगत १८ वर्षदेखि व्यावसायिक तरकारी खेती गर्दै आएका उनले खरबुजाको परीक्षण उत्पादन सफल भएपछि अहिले व्यावसायिक रूपमा अगाडि बढाइएको बताए।

‘गर्मी क्षेत्रमा उत्पादन हुने यो फल पहाडी जिल्ला र चिसो हावापानी भएका क्षेत्रमा पनि उत्पादन गर्न सकिँदो रहेछ,’ पुरीले भने, ‘तीन वर्षको परीक्षण खेतीपछि अहिले व्यावसायिकरूपमा खरबुजा खेती गरिरहेको छु। गत फागुनमा लगाएको खरबुजा अहिले बिक्री वितरणका लागि तयार भएको छ।’

तरकारी खेतीसँगै खरबुजा खेतीसमेत गरिरहेका उनले सुरुमा तीन किलोग्रामसम्म उत्पादन भएकामा अहिले सात किलोसम्म फल लागेको बताए।

Laxmi sunrise bank
kumari

‘बगरमा खेती हुन्छ भन्ने सुनेको थिए तर तरकारी खेती र माटोमा नयाँ अनुसन्धान गर्ने क्रममा खरबुजा खेती गरेको थिए। बलौटे माटो, पानी कम भएको क्षेत्रमा पनि खरबुजा उत्पादन सफल भएको छ,’ उनले भने, ‘अहिले थोरै जग्गामा लगाएको थिएँ, उत्पादन र माग राम्रो भएकाले आगामी वर्षमा खेती विस्तार गर्ने तयारीमा छु।’

कुश्मा नगरपालिका–७ का वडासदस्यसमेत रहनुभएका पुरीले जनताको सेवासँगै कृषि उत्पादन गरेर प्रशस्त आम्दानी गरिरहेका छन्।

प्रकाशित: May 31, 2024| 21:01 शुक्रबार, जेठ १८, २०८१
प्रतिक्रिया दिनुहोस्