आइतबार, भदौ ७, २०८३

गलकोटमा रोपाइँको चटारो

 |  शुक्रबार, जेठ १८, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १८, २०८१

बागलुङ- देशका विभिन्न भागका किसान खडेरीबाट किसान चिन्तित भए पनि यहाँका  किसानलाई रोपाइँको चटारो छ। सिँचाइ सुविधाका कारण मध्यजेठमा  यहाँका खेलमा रोपाइँ भइरहेको छ।

जिल्लामा अधिक धान उब्जाउने स्थानमध्येको गलकोटका चमुवा फाँटसहित दुदिलाभाटी, आँगाखेत, नरेठाँटी र हरिचौरमा रोपाइँको चटारो छ। 

जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार गलकोटपछि कुश्मीसेरा, बडिगाड, निसीखोला, बुर्तिबाङलगायत क्षेत्रमा जेठअन्तिमदेखि रोपाइँ हुने गरेको छ। मकै लगाएका  किसानले असार अन्तिम सातादेखि र साउनभरि रोपाइँ गर्छन्। 

जिल्लाको दक्षिण अमलाचौर, नारायणस्थान, बिहुँ, पाला, मालिका, बुर्तिबाङको उपल्लो भेगलगायत स्थानमा पनि सोहीसमयसम्म रोपाइँ हुने गरेको छ।

बागलुङको छ हजार हेक्टर भूमिमा धानखेती हुँदै आएको छभने १० हेक्टरमा मात्र चैते धान हुने गरेको उक्त केन्द्रले जनाएको छ।    -रासस

प्रकाशित: May 31, 2024| 20:01 शुक्रबार, जेठ १८, २०८१
प्रतिक्रिया दिनुहोस्