बिहीबार, पुस १०, २०८२

सुनको भाउ तोलामा २३ सय बढ्यो

 |  बिहीबार, जेठ १७, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १७, २०८१

काठमाडौं- स्थानीय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ। बुधबारको तुलनामा आज सुनको तोलामा नै दुई हजार तीन सयले वृद्धि भएको छ।

National life

बुधबार प्रतितोला एक लाख ३८ हजार दुई सयमा कारोबार भएको छापावाला सुन आज एक लाख ४० हजार पाँच सय निर्धारण भएको छ भने तेजाबी सुनको भाउ पनि बढेको छ।

तेजाबी सुन बुधबार तोलामा एक लाख ३७ हजार पाँच सय ५० मा कारोबार भएकामा आज एक लाख ३९ हजार आठ सयमा कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा तेजाबी सुनको मूल्य तोलामा दुई हजार दुई सय ५० ले वृद्धि भएको हो।

यसैगरी चाँदीको मूल्य तोलामा ७० ले वृद्धि भएको छ । बुधबार एक हजार नौ सय ३० मा कारोबार भएको चाँदी आज एक हजार नौ सयमा खरिदबिक्री भइरहेको छ।

प्रकाशित: May 30, 2024| 11:29 बिहीबार, जेठ १७, २०८१
प्रतिक्रिया दिनुहोस्