आइतबार, भदौ ७, २०८३

कर चुक्ता प्रमाणपत्र अब अनलाइनबाटै

 |  बुधबार, जेठ १६, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १६, २०८१

काठमाडौं- अब अनलाइनबाटै कर चुक्ता प्रमाणपत्र लिन पाइने भएको छ। अर्थमन्त्री वर्षमान पुनले पेस गरेको आर्थिक विधयेक २०८१ मार्फत यस्तो व्यवस्था गरिएको हो।

यसका लागि कर बक्यौता नरहेको र विवरण पेस भएको हुनु पर्नेछ। यस्तो अवस्थामा अनलाइबाट नै क्युआकर कोडसहितको कर चुक्ता प्रमाणपत्र दिने व्यवस्था आर्थिक विधयेकले गरेको हो।

अहिले कर चुक्ता प्रमाणपत्र लिन कर कार्यालयमा स्वयं व्यक्ति उपस्थित हुनुपर्ने बाध्यता छ। विभिन्न नाममा समयमा कर चुक्ता प्रमाणपत्र दिन ढिलाइ गरिएको गुनासो करदाताहरूको रहँदै आएको छ।

प्रकाशित: May 29, 2024| 10:15 बुधबार, जेठ १६, २०८१
प्रतिक्रिया दिनुहोस्