आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • आगामी आर्थिक वर्षमा १६ लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य

आगामी आर्थिक वर्षमा १६ लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य

 |  मंगलबार, जेठ १५, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १५, २०८१

काठमाडौं- अर्थमन्त्री वर्षमान पुनले आगामी आवको बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको बतएका छन्। आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले सो लक्ष्य लिएको हो।

मध्यपहाडी क्षेत्रमा होटल बनाउन सरकारी जग्गा लिजमा उपलब्ध गराउने बजेटमा उल्लेख गरिएको छ। 

सरकारले पर्यटन क्षेत्रका लागि ११ अर्ब ९१ करोड करोड विनियोजन गरेको छ। सरकारले चालु आर्थिक वर्षमा पर्यटन मन्त्रालयको लागि ११ अर्ब ९६ करोड व्यवस्था गरेको थियो।

प्रकाशित: May 28, 2024| 15:55 मंगलबार, जेठ १५, २०८१
प्रतिक्रिया दिनुहोस्