आइतबार, भदौ ७, २०८३

साढे १९ खर्ब हाराहारीको बजेट आउँदै

 |  मंगलबार, जेठ १५, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १५, २०८१

काठमाडौं- आगामी आर्थिक वर्ष २०८१-८२ को बजेट आज संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत हुँदैछ। दिउँसो १ बजे बस्ने बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गर्ने कार्यसूची छ।

अर्थमन्त्री पुनले आगामी आर्थिक वर्षका लागि ठूलो आकारको बजेट बनाएका छन्। पुनले आगामी वर्षका लागि साढे १९ खर्ब हाराहारीको बजेट ल्याउन लागेका हुन्। 

राष्ट्रिय योजना आयोगले बजेटको १८ खर्बको सिलिङ परिवर्तन गरी १९ खर्ब रुपैयाँ बनाएको छ। यही सिलिङको वरीपरीमा बजेट बनाइएको हो।

ओली सरकारमा रहेका बेला विगतमा पनि वितरणमुखी र लोकप्रिय बजेट बन्दै आएको थियो। तत्कालिन अर्थमन्त्री विष्णु पौडेलले सामाजिक सुरक्षा भत्तालाई दोब्बर बनाएका थिए। 

आगामी बजेटमा स्टार्टअप व्यवसाय प्रवर्द्धनका लागि करिब १० वर्षसम्म आयकर छुटको व्यवस्था गरिनेछ। उद्यम व्यवसायलाई प्रोत्साहित गर्न उनीहरुका लागि सहुलियतपूर्ण ऋणको व्यवस्था पनि गरिएको छ। सूचना प्रविधि (आईटी) क्षेत्रका लागि एकै ठाउँमा सुविधा सम्पन्न हब बनाएर प्रोत्साहित गर्ने कार्यक्रम ल्याइएको छ।

बजेटमा वितरणमुखी र लोकप्रिय कार्यक्रम अन्तर्गत सय वर्ष पुगेकालाई अहिलेको दोब्बर भत्ता दिने कार्यक्रम ल्याउन लागिएको छ। यस्तै, आईटी हबमा आयकर छुट दिइने भएको छ।
 

प्रकाशित: May 28, 2024| 08:30 मंगलबार, जेठ १५, २०८१
प्रतिक्रिया दिनुहोस्