शनिबार, असोज ४, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • जलविद्युत आयोजनाबाट २८ करोडभन्दा बढी रोयल्टी असुल गर्न बाँकी

जलविद्युत आयोजनाबाट २८ करोडभन्दा बढी रोयल्टी असुल गर्न बाँकी

 |  सोमबार, जेठ १४, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १४, २०८१
Kumaribank
Metro Mart

काठमाडौं- नेपाल सरकारले विभिन्न जलविद्युत् आयोजनाबाट रु २८ करोड ६९ लाख ९५ हजार असुल गर्न बाँकी रहेको छ।

महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवेदनमा विद्युत् विकास विभागको अभिलेखअनुसार २०७९/८० सम्म २८ करोड ६९ लाख ९५ हजार असुल गर्न बाँकी रहेको उल्लेख छ।
 
विद्युत् ऐन, २०४९ को दफा ११ मा जलविद्युत् आयोजनाले नेपाल सरकारलाई सलामी दस्तुर (रोयल्टी) बुझाउने पर्ने व्यवस्था छ। आयोजनाले तिर्नुपर्ने रोयल्टी समयमा प्राप्त नभएकोमा ब्याज तथा जरिवाना लिने गरेको देखिँदैन।

रोयल्टी बक्यौताको ब्याज तथा हर्जना सम्बन्धमा कानुनी व्यवस्था गरी रोयल्टी रकम असुल  गर्नुपर्ने महालेखापरीक्षणको सुझाव छ। 

प्रकाशित: May 27, 2024| 20:31 सोमबार, जेठ १४, २०८१
प्रतिक्रिया दिनुहोस्