सोमबार, माघ २८, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

ठूला होटल खुलेसँगै चितवनमा विदेशी पर्यटकको संख्यामा वृद्धि

 |  आइतबार, जेठ १३, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १३, २०८१

ntc landingntc landing

चितवन- ठूला होटल खुलेसँगै जिल्लाका पर्यटकीयस्थलमा विदेशी पर्यटकको सङ्ख्या बढेको  छ। चितवन राष्ट्रिय निकुञ्जभित्रका होटल बन्द भएपछि विदेशी पर्यटक आउने सङ्ख्या घटेको थियो। 

himalayan bank box

भर्खरै सञ्चालनमा आएका ठूला होटलले निकुञ्जभित्रकै अनुभूति हुने गरी पर्यटकलाई सेवा दिन थालेका छन्। निकुञ्जभित्र प्रकृतिसँग रम्न पर्यटकले त्यही अनुसारको ठाउँ रोज्ने गर्दथे। निकुञ्जभित्रका सात वटा होटल बन्द भएपछि त्यस्ता पर्यटक अफ्रिका, भारत, बंगलादेशलगायतका देश जान थालेका थिए।

निकुञ्ज स्थापना हुनुअघि खुलेको टाईगर टप्स होटलसमेत बन्द छ। पछिल्लो समय सौराहा नजिकै खैरहनीको हर्नरीमा होटल सिद्धार्थ भिलासा वनबास सञ्चालनमा आएको छ। होटल प्रवेश गर्दा निकुञ्जभित्रकै झल्को दिने गरी निर्माण गरिएको छ।

होटलका महाप्रबन्धक प्रकाश न्यौपानेले निकुञ्जभित्रको अनुभूति दिलाउने भएकाले खर्चिला विदेशी पर्यटक आएको बताए। उनको भनाइमा दुई रातका लागि एक जना पर्यटकले सजिलै दुई सय ५० अमेरिकी डलर तिर्ने गरेका छन्।

होटलमा आउने पर्यटकमध्ये आधाभन्दा बढी विदेशी छन्। अमेरिका, जर्मन, क्यानडा, अष्ट्रेलिया, चीन, भारतलगायतका देशबाट पर्यटक आउने गरेको उनले जानकारी दिए।

वरिपरी जंगलले घेरिएको रिसोर्टभित्र रुख बिरुवाले निकुञ्जको झल्को दिने गर्दछ। तीन बिघा १० कठ्ठा क्षेत्रफलमा फैलिएको रिसोर्टमा ४० भन्दा बढी प्रजातिका रुखबिरुवा छन्। होटल वरिपरि मध्यवर्ती सामुदायिक वन क्षेत्र भएकाले होटलको रेष्टुराँबाट गैँडा, मृग लगायतका जंगली जनावर चर्दै गरेको देख्न पाइन्छ। ४५ करोड रूपैयाँभन्दा बढी लगानीमा खुलेको यो होटल गएको दसैँदेखि सञ्चालनमा आएको हो। यहाँ एक जोडी नेपालीले एक रात बस्न १० हजार रूपैयाँ तिर्नु पर्दछ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारी सुविधासम्पन्न होटल नहुँदा अन्य देश जान थालेका पर्यटक पुनः  यहाँ आउने क्रम बढेको बताउँछन्। भरतपुर महानगरपालिकाका पर्यटन विज्ञ डा विश्व सुवेदीले ठूला होटल खुलेसँगै खर्चिला पर्यटक आउन थालेको बताए। चौधरी गु्रपको मेघौली सेराइ, बाराइ, सोल्टीलगायतका सुविधा सम्पन्न होटल खुलेपछि खर्चिला पर्यटक आउन थालेको उनको भनाइ छ।

भरतपुर महानगरपालिकाले सन् २०२४ लाई भरतपुर भ्रमण वर्षका रुपमा मनाइरहेको छ। होटल व्यवसायीले स्वदेश तथा विदेशमा भरतपुर भ्रमण वर्षको व्यापक प्रचार गरिरहेका छन्। 

प्रकाशित: May 26, 2024| 21:31 आइतबार, जेठ १३, २०८१
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्