सोमबार, पुस ७, २०८२

बर्दिया राष्ट्रिय निकुञ्जमा बढे पर्यटक

 |  आइतबार, जेठ १३, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १३, २०८१

बर्दिया- बर्दिया राष्ट्रिय निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ। निकुञ्जमा बाघ, चितुवा, हात्ती, जरायो, बाह्रसिंगेलगायत वन्यजन्तु हेर्न पर्यटक आउने गरेको निकुञ्ज प्रशासनले जनाएको छ।

National life

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोककुमार रामले बाघको संख्या बढेर एक सय २५ पुगेपछि आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढेको जानकारी दिए।

भ्रमणका लागि आउने करिब ९० प्रतिशत पर्यटकले बाघ अवलोकन गर्ने गरेका छन्। अघिल्लो आर्थिक वर्षको पुस मसान्तसम्ममा दुई हजार विदेशी पर्यटक निकुञ्ज घुम्न आएकामा चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा चार हजार पर्यटक आएका छन्।  

अघिल्लो आवको पुस मसान्तसम्ममा छ हजार आन्तरिक पर्यटकले  निकुञ्ज भ्रमण गरेकामा चालु आवको सोही अवधिमा १० हजारले भ्रमण गरेका छन्। गत आवको पुस मसान्तसम्ममा पाँचसय सार्क मुलुकका पर्यटकले भ्रमण गरेकामा अहिले चालु आवको पुस मसान्तसम्ममा आठ सयले भ्रमण गरेका छन्।

'हामीलाई विश्वास छ यसवर्ष करिब २० हजार पर्यटकले निकुञ्ज भ्रमण गर्नेछन्, यसको मुख्य कारण बाघको सङ्ख्या बढेकाले त्यसलाई प्रत्यक्ष रुपमा देख्न पाउनु नै हो', प्रमुख संरक्षण अधिकृत रामले भने।

Laxmi sunrise bank
kumari

निकुञ्जका अनुसार अमेरिका, जर्मन, फ्रान्स, न्यूजील्याण्ड, चीन, भारतलगायत मुलुकका विदेशी पर्यटकले निकुञ्ज भ्रमण गरेका छन्। रासस

प्रकाशित: May 26, 2024| 22:01 आइतबार, जेठ १३, २०८१
प्रतिक्रिया दिनुहोस्