शनिबार, साउन १२, २०८१

कहाँ-कहाँ छ आज वर्षाको सम्भावना ?

 |  आइतबार, जेठ १३, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १३, २०८१

काठमाडौं- नेपालमा स्थानीय वायु तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। 

triton college

बागमती, गण्डकी र कर्णालीसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, गण्डकी, लुम्बिनी र कर्णालीका पहाडी भूभागमा मेघगर्जन/चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ।

यसैगरी, राति कोशी, मधेश, बागमती, गण्डकी र कर्णालीमा आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, मधेश र सुदूरपश्चिममा मेघगर्जन/चट्याङ र हावाहुरीसहित वर्षा हुनेछ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातसमेत हुने सम्भावना छ।

प्रकाशित: May 26, 2024| 06:19 आइतबार, जेठ १३, २०८१
प्रतिक्रिया दिनुहोस्