बुधबार, जेठ २०, २०८३

काठमाडौंका सामुदायिक विद्यालयले यही साता सूचना अधिकारी तोक्नुपर्ने

 |  शनिबार, जेठ १२, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १२, २०८१

काठमाडौं- काठमाडौं महानगरपालिकाले यही जेठ १४ गतेभित्र काठमाडौं उपत्यकामा सञ्चालित सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई सूचना अधिकारी तोक्न आग्रह निर्देशन दिएको छ।

National life

महानगरपालिकाको सञ्चार तथा सूचना ऐन, २०८० बमोजिम कामपाले यही जेठ १४ गतेभित्र सूचना अधिकारी तोकेर महानगरपालकालाई जानकारी गराउन निर्देशन पनि दिएको छ।

महानगरपालिकाको शिक्षा विभाग प्रमुख गोविन्दप्रसाद शर्माका अनुसार कामपाले यसअघि पनि शैक्षिक संघसंस्थालाई सूचना अधिकारी तोकेर विभागका पठाउन आग्रह गरेको तर कामपाको आग्रहअनुसार केही विद्यालयले मात्र सूचना अधिकारी तोकेको जानकारी प्राप्त भएकाले पुनः निर्देशन दिइएको हो।

सूचना अधिकारी तोक्दा संस्थाको दोस्रो जिम्मेवारीमा रहेको व्यक्ति हुनुपर्नेछ। हाल महानगरपालिकामा ८७ सामुदायिक विद्यालय सञ्चालनमा छन भने छ सय संस्थागत विद्यालय छन्।

यसअघि महानगरपालिका क्षेत्रमा सञ्चालित सहकारीहरूले सूचना अधिकारीको व्यवस्था गरी सहकारी विभागमा जानकारी गराएका छन्।

Shivam cement

 
 

प्रकाशित: May 25, 2024| 12:59 शनिबार, जेठ १२, २०८१
प्रतिक्रिया दिनुहोस्