आइतबार, भदौ ७, २०८३

सामाजिक सञ्जालमा प्रलोभन देखाएर ठगी गर्ने पक्राउ

 |  आइतबार, जेठ ६, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ६, २०८१

काठमाडौं- अनलाइनमार्फत ठगी गरेको आरोपमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा काभ्रेको नमोबुद्ध नगरपालिका–२ का ३१ वर्षीय सुदिप प्याकुरेल, सोलुखुम्बुको लिखुपिके गाउँपालिका–१ का ३० वर्षीय सञ्जय बस्नेत, नुवाकोटको दुप्चेश्वर गाउँपालिका–४ का १९ वर्षीय छेवाङ लामा र सिन्धुपाल्चोकको पाँचपोखरी थानपाल गाउँपालिका–५ का २१ वर्षीय करण तामाङ छन्।

उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। सामाजिक सञ्जाल फेसबुक, ह्वाट्स् एप, इन्टाग्रामलगायतमा साथी बनाई कुराकानी गरी विश्वास दिलाउने र विभिन्न सामानहरु गिफ्ट पठाइदिएको छु भन्सार शुल्क भन्दै रकम हाल्न लगाएर ठगी गरेको खुलेको छ।

अनालइनमा लगानी गर्दा रकम दोब्बरले बढ्ने भन्दै आश्वासन दिँदै रकम हाल्न लगाएर पनि ठगी गरेको खुलेको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता रवीन्द्र रेग्मीले बताए। यो समूहले अहिलेसम्म १६ लाख ५९ हजार रुपैयाँ ठगी गरेको खुलेको छ।

पक्राउ परेकाहरु क्रिप्टोमार्फत कारोबार गरेको समेत खुलेको छ। सञ्जयले मात्रै ६ करोड ३८ लाख ६५ हजार ४९६ रुपैयाँको कारोबार गरेको देखिएको छ।

करणले ४ करोड ५६ लाख ७७ हजार रुपैयाँ बराबरको क्रिप्टो कारोबार गरेको देखिएको छ।
 

प्रकाशित: May 19, 2024| 18:43 आइतबार, जेठ ६, २०८१
प्रतिक्रिया दिनुहोस्