बिहीबार, पुस १०, २०८२

ललितपुरमा आगलागीबाट एकै परिवारका चार जनाको मृत्यु

 |  आइतबार, जेठ ६, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ६, २०८१

ललितपुरको बाफलमा आगलागीमा परी घाइते भएका थप एक जनाको मृत्यु भएको छ।

National life

गत वैशाख २३ गते ललितपुर महानगरपालिका वडा नम्बर १७ बाफलस्थित टिनले छाएको टहरामा आगलागी हुँदा एकै परिवारका पाँच जना घाइते भएका थिए।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार घाइते भएका सञ्जय गिरीको उपचारका क्रममा शनिबार किष्ट अस्पतालमा मृत्यु भएको हो। सञ्जयको भेन्टिलेटरमा उपचार भइरहेको  थियो। 

योसँगै मृत्यु हुनेको संख्या चार पुगेको छ। सञ्जयकी श्रीमती रूपाको पनि उपचारका क्रममा वैशाख ३१ गते किष्ट अस्पतालमै मृत्यु भएको थियो। 

उनीहरूका दुई जना छोरीहरू ८ वर्षीया अलिसा र ४ वर्षीया प्रियाको पनि उपचारकै क्रममा वैशाख २४ गते मृत्यु भएको थियो।

Laxmi sunrise bank
kumari

भतिज नाता पर्ने नित गिरी सामान्य घाइते छन्। उनको पनि किष्ट अस्पतालमा उपचार भइरहेको छ। 

प्रकाशित: May 19, 2024| 08:41 आइतबार, जेठ ६, २०८१
प्रतिक्रिया दिनुहोस्