बुधबार, फागुन २०, २०८२

मर्निङ वाक गएका महिलालाई एम्बुलेन्सको ठक्कर, एक जनाको मृत्यु

 |  आइतबार, जेठ ६, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ६, २०८१

आइतबार बिहान बुटवलमा मर्निङ वाक हिँडेका महिलालाई एम्बुलेन्सले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

अर्घाखाँचीदेखि बुटवलतर्फ आउँदै गरेको एम्बुलेन्सले बुटवल १३ झोलुङ्गे पुल नजिकै ठक्कर दिँदा बुटवल वडा नं ११ देवीनगरकी ५६ वर्षीया कमला नेपालीको मृत्यु भएको हो।

राजमार्ग छेउमा हिँडिरहेका उनीहरुलाई तीव्र गतिको एम्बुलेन्सले ठक्कर दिएको र एक महिलाको घटनास्थलमै मृत्यु भएको थियो। इलाका प्रहरी कार्यालय बुटवलका अनुसार ठक्करबाट अन्य २ महिला घाइते भएका छन्।

अर्घाखाँचीदेखि बिरामी लिएर आएको लु १ झ ५३१ नम्बरको एम्बुलेसको ठक्करबाट घाइते कमलालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएकोमा चिकित्सकले साढे ५ बजे मृत घोषणा गरेका थिए।

यसैगरी उनीसँगै पैदल हिँडेका सोही ठाउँका ५५ वर्षीया कमला नेपाली र ३५ वर्षीया झुपा ठटराई घाइते भएका छन्। एम्बुलेन्स चालकलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।
 

kumari

प्रकाशित: May 19, 2024| 08:36 आइतबार, जेठ ६, २०८१
प्रतिक्रिया दिनुहोस्