आइतबार, भदौ ७, २०८३

पौडी खेल्दा २० वर्षका दुई युवकको मृत्यु

 |  शनिबार, जेठ ५, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, जेठ ५, २०८१

तनहुँको बन्दीपुर–२ बट्टारस्थित सुलेरहमा पौडी खेल्ने क्रममा डुबेर दुई युवकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार बन्दीपुर–६ बस्ने २० वर्षीय विनोद गुरुङ र सोही स्थानका अन्दाजी २० वर्षीय हीरा गुरुङको मृत्यु भएको हो।

६ जना साथी मिलेर पौडी खेल्न गएकामध्ये उनीहरूको डुबेर मृत्यु भएको तनहुँका प्रहरी निरीक्षक मोहनकुमार खड्काले जानकारी दिए। अन्य चारजना सकुशल छन्। 

मृतक दुवैको शव परीक्षणका लागि दमौली अस्पतालको शवगृहमा राखिएको उनले बताए। 

प्रकाशित: May 18, 2024| 19:04 शनिबार, जेठ ५, २०८१
प्रतिक्रिया दिनुहोस्