आइतबार, भदौ ७, २०८३

टोलटोलमा पुगेर सामाजिक सुरक्षाभत्ता वितरण

 |  शनिबार, जेठ ५, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, जेठ ५, २०८१

गोरखा- गोरखाको भीमसेन थापा गाउँपालिकाले पालिकाभित्रका लाभग्राहीलाई टोलटोलमा पुगेर सामाजिक सुरक्षाभत्ता वितरण गरेको छ।

गाउँपालिकाभित्रका सबै वडामा गएर सामाजिक सुरक्षाभत्ता वितरण सुरु गरिएको गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बञ्जराले जानकारी दिए।

'चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक सामाजिक सुरक्षाभत्ता वितरणका लागि बैंकसँग समन्वय गरी प्रत्येक वडाका टोलमा केन्द्र बनाएर बैंकका कर्मचारी, पालिका तथा वडाका कर्मचारी पुगेर भत्ता वितरण गरिरहेका छौँ', उनले भने, 'यसबाट ज्येष्ठ नागरिक तथा अशक्त र अपांगता भएका लाभग्राहीलाई सजिलो भएको छ।'

गाउँपालिकाले तेस्रो त्रैमासिकअन्तर्गतको भत्ता यही जेठ १ गतेदेखि वितरण सुरु गरेको हो। पालिकाले घर नजिकै ल्याएर भत्ता वितरण सुरु गरेपछि बैंकसम्म धाउनुपर्ने झन्झट अन्त्य भएको वडा नं ७ का ज्येष्ठ नागरिक लक्ष्मण श्रेष्ठले बताए।

गाउँपालिकाले टोलटोलबाट सामाजिक सुरक्षाभत्ता वितरण गर्न थालेपछि भत्ता बुझ्न गाडी रिजर्भ गरेर पालिकाको केन्द्र तथा सदरमुकामस्थित बैंकसम्म धाउनुपर्ने बाध्यता अन्त्य भएको छ।

भीमसेन थापा गाउँपालिका-१, २, ३, ५, ७ र ८ मा  नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले सामाजिक सुरक्षाभत्ता वितरण गर्दै आएको छ। वडा नं ४ र ६ मा साङ्ग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले वितरण गर्दै आएको छ। रासस

प्रकाशित: May 18, 2024| 15:29 शनिबार, जेठ ५, २०८१
प्रतिक्रिया दिनुहोस्