सोमबार, जेठ २६, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • हुण्डाई मोटर एस्सेम्बली प्लान्टको भ्रमणसँगै सञ्चारकर्मीले गरे टेस्ट ड्राइभ

हुण्डाई मोटर एस्सेम्बली प्लान्टको भ्रमणसँगै सञ्चारकर्मीले गरे टेस्ट ड्राइभ

 |  बिहीबार, जेठ ३, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ३, २०८१

vianetvianet

काठमाडौं- ह्युण्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिको मुख्य कम्पनी लक्ष्मी ग्रुपको एक सहायक कम्पनी लक्ष्मी मोटर कोर्पोरेसन (एलएमसी) ले आफ्नो उद्घाटनको दोस्रो दिन टेस्ट ड्राइभ कार्यक्रम सम्पन्न गरेको छ।

गत शनिबार रामग्राम, परासीस्थित ह्युण्डाई मोटर एसेम्बली प्लान्टमा राष्ट्रिय तथा क्षेत्रीय सञ्चारकर्मीहरुलाई आमन्त्रण गरि नेपालमै निर्मित ह्युण्डाई भेन्युको एक्स्पिरिन्यस र गाडीको टेस्ट ड्राइभ कार्यक्रम आयोजना गरेको हो। सो कार्यक्रममा ६५ भन्दा बढी सञ्चारकर्मीहरुले सहभागिता जनाएका थिए।

उक्त कार्यक्रममा सञ्चारकर्मीहरुलाई प्लान्टको भ्रमण गराउनुका साथै प्राविधिकहरुद्वारा एसेम्बली प्रक्रिया सम्बन्धि सम्पूर्ण जानकारी गराइएको थियो जसबाट हुन्डाई मोटर सम्बन्धि थप जानकारी प्राप्त गरिएको थियो।

त्यसअघि उद्घाटन समारोहको पहिलो दिन सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा उद्घाटन समारोह भव्य रुपमा सम्पन्न भएको थियो। लक्ष्मी मोटर कोर्पोरेसनको उक्त पहलबाट विभिन्न ग्राहक वर्गको विविध आवश्यकता र आकांक्षाहरू पूरा गर्ने लक्ष्य राख्दै सुलभ र पहुँचयोग्य ह्युण्डाई सवारी साधनहरुको उत्पादन प्रति आफ्नो समर्पण देखाएको छ।

प्रकाशित: May 16, 2024| 17:08 बिहीबार, जेठ ३, २०८१
प्रतिक्रिया दिनुहोस्