सोमबार, जेठ २६, २०८२

जंगली जनावरको आक्रमणबाट ७ जनाको मृत्यु

 |  बिहीबार, जेठ ३, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ३, २०८१

vianetvianet

चितवन- जङ्गली जनावरको आक्रमणबाट साउनयता ७ जनाको मृत्यु भएको छ। गैँडा, बाघ र मगर गोहीको आक्रमणबाट उनीहरूको मृत्यु भएको हो।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गैँडाको आक्रमणबाट ३, बाघको आक्रमणबाट ३ र मगर गोहीको आक्रमण एक जनाको मृत्यु भएको हो। विभिन्न समयमा जङ्गली जनावरको आक्रमणबाट उनीहरूको मृत्यु भएको हो। सोही समयमा वन्यजन्तुको आक्रमणबाट २७ जना घाइते भएका छन्। जसमध्ये १५ सामान्य र १२ जना गम्भीर घाइते भएका हुन्।

घाइते हुनेमा हात्तीको आक्रमण १०, गैँडाको आक्रमणबाट १२, बाघको आक्रमणबाट चारजना रहेका सूचना अधिकारी तिवारीले जानकारी दिए। त्यस्तै गौरी गाईको आक्रमणबाट एकजना घाइते भएको उनले बताए। 

घाइतेको उपचारका लागि निकुञ्जले रु २१ लाख २३ हजार सात सय ७४ राहतस्वरुप प्रदान गरेको तिवारीले जानकारी दिए। उनको अनुसार मृत्यु भएका सातजनाको परिवारलाई राहतस्वरुप रु ७० लाख प्रदान गरिएको छ।

मध्यवर्ती क्षेत्रको सामुदायिक वनमा नियमानुसार वन पैदावार सङ्कलन गर्न जाँदा वन्यजन्तुले आक्रमण गरेको तिवारीले जानकारी दिए। उनले भने, ‘गस्तीमा गएका निकुञ्जका कर्मचारी र सुरक्षार्थ खटिएका नेपाली सेना, नेचर गाइडलाई समेत वन्यजन्तुले आक्रमण गरेको छ।’

National life insurance

मध्यवर्ती क्षेत्रका सामुदायिक वनमा वन्यजन्तुको वासस्थान हुने र मानिसले पनि उपभोगका लागि सोही क्षेत्र प्रयोग गर्ने भएकाले सो क्षेत्रमा बढी सङ्ख्यामा वन्यजन्तुको आक्रमण हुने गरेको तिवारीको भनाइ छ। यस्ता क्षेत्रमा वन पैदावार सङ्कलन गर्न जाँदा वन्यजन्तुको आनीबानी र उपस्थितिको बारेमा बुझेर जाने, साँझ बिहान नजाने, समूहमा जाने, प्रकृति सुहाउँदो खालका कपडा लगाएर जाने गर्दा क्षति कम गर्न सकिने उनले बताए।

प्रकाशित: May 16, 2024| 19:31 बिहीबार, जेठ ३, २०८१
प्रतिक्रिया दिनुहोस्