शुक्रबार, पुस ११, २०८२

करिब ८ करोड बराबरको कोकिनसहित तीन जना पक्राउ

 |  बिहीबार, जेठ ३, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ३, २०८१

काठमाडौं- प्रहरीले युगान्डाबाट आएका दुई जना महिलालाई करिब ८ करोड रुपैयाँको प्रतिबन्धित लागूऔषध कोकिनसहित प्रकाउ गरेको छ।

National life

बिहीबार नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले काठमाडौंका विभिन्न स्थानबाट २ किलो ६५४ ग्राम अवैध लागूऔषध कोकिनसहित दुई जना र जिम्मा लिन आएकी एक जना भारतीय महिलालाई पनि पक्राउ गरी सार्वजनिक गरेको हो। 

पक्राउ पर्नेहरूमा इथियोपियाबाट कतार एयरवेजबाट काठमाडौं ओर्लिएका युगाण्डा घर भएका केभिना मुगाला, र लिलियन सुशान वानयेन्ज तथा उक्त बरामद भएको कोकिन लिन भारतबाट आएकी ३३ वर्षीय देवाजनी पाल रहेको लागूऔषध नियन्त्रण ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।

उनले भने, ‘कतार एयरवेजबाट काठमाडौँ ओर्लिएका युगाण्डा घर भएका केभिना मुगाला र लिलियन सुशान वानयेन्जेबाट आगुऔषध कोकिन बरामद गरिएको छ, जसको तौल दुई केजी छ सय ५४ ग्राम रहेको छ।’ पक्राउ परेकाहरूमाथि लागुऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम काठमाडौँ जिल्ला अदालतबाट लागूऔषध मुद्दामा म्याद थप भई अनुसन्धान भइरहेको प्रवक्ता कार्कीले बताए। बरामद गरिएको अवैध लागूऔषध कोकिनको बजार मूल्य रु सात करोड ९६ लाख हुन आउने ब्यूरोले जनाएको छ।

पक्राउ परेकाहरुमाथि लागूऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम काठमाडौं जिल्ला अदालतबाट लागूऔषध मुद्दामा म्याद थप भइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: May 16, 2024| 15:57 बिहीबार, जेठ ३, २०८१
प्रतिक्रिया दिनुहोस्