आइतबार, भदौ ७, २०८३

मकालु आरोहण गर्ने क्रममा फ्रान्सेली नागरिकको मृत्यु

 |  बिहीबार, जेठ ३, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ३, २०८१

सङ्खुवासभा- मकालु हिमाल आरोहण गर्ने क्रममा एक फ्रान्सेली नागरिकको मृत्यु भएको छ। सङ्खुवासभा रहेको विश्वको पाँचौँ अग्लो मकालु हिमाल आरोहण गर्ने क्रममा फ्रान्सेली नागरिक ६० वर्षीय जोनी सालिबाको मृत्यु भएको हो। 

जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेका अनुसार मकालु गाउँपालिका–२ मा आठ हजार तीन सय ५० को उचाइमा पुगेका फ्रान्सेली नागरिक सालिबा अचानक बिरामी परेका थिए। उनको उद्धार गरी ल्याउने क्रममा बोटोमै आज बिहान ३ बजे मृत्यु भएको प्रहरी निरीक्षक लामिछानेले बताए। 

पर्वतारोही सालिबाको शव हेलिकप्टरमार्फत काठमाडौँ लैजाने तयारी भइरहेको स्नोवी होराइजन ट्रेक्स एक्स्पिडिसनका प्रबन्धक निर्देशक बोधराज भण्डारीले बताए। उनसँगै गएका अन्य फ्रान्सेली नागरिक भने सकुशल रहेका छन्। घटनास्थल सदरमुकाम खाँदबारीबाट १२ दिनको पैदल दूरीमा पर्दछ। 

एक साताअघि मकालु हिमाल आरोहण गरी फर्किने क्रममा सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–४ का ५४ वर्षीय ल्हाक्पा तेन्जे शेर्पाको मृत्यु भएको थियो।

प्रकाशित: May 16, 2024| 07:30 बिहीबार, जेठ ३, २०८१
प्रतिक्रिया दिनुहोस्