आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • यसरी हुँदैछ अनन्त अम्बानी र राधिकाको दोस्रो प्रि-वेडिङ सेलिब्रेसन

यसरी हुँदैछ अनन्त अम्बानी र राधिकाको दोस्रो प्रि-वेडिङ सेलिब्रेसन

 |  बुधबार, जेठ २, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २, २०८१

काठमाडौं- भारतीय खर्बपति व्यापारी मुकेश अम्बानीका कान्छा छोरा अनन्तको दोस्रो प्रि–वेडिङ सेलिब्रेशनको नयाँ अपडेट आएको छ। यो उत्सवमा ८०० जना अतिथिलाई निम्ता गरिनेछ। 

सेलिब्रेशन समुद्रको बिचमा क्रुज जहाजमा हुने तय भएको छ। क्रुज जहाजको यात्रा इटलीको सिटी पोर्टबाट प्रस्थान भएर दक्षिणी फ्रान्समा सकिनेछ। यस क्रुज जहाजमा पाहुनाहरूको बसोबासदेखि खानपानसम्मका सबै आवश्यकताको हेरचाह गर्न ६०० जना कर्मचारी हुने बताइएको छ।

४ हजार ३८० किमीको यो यात्रा २८ मेबाट सुरु भएर ३० मेसम्म चल्नेछ। यसमा अम्बानी परिवारसँग जोडिएका विशेष व्यक्तिहरू समावेश हुने विवरणहरु सार्वजनिक भएका छन्। 

बलिउडका तीन खान, बच्चन र कपूर परिवार पनि यसमा आउने सम्भावना छ। यसबाहेक व्यापार जगतका धेरै प्रसिद्ध व्यक्तिहरूले पनि यस समारोहमा सहभागी हुन सक्ने अनुमान गरिएको छ।

जामनगरमा मार्च १ देखि ३ सम्म चलेको पहिलो प्रि–वेडिङ सेलिब्रेशनमा १००० भन्दा बढी पाहुना सहभागी भएका थिए। रिपोर्टहरुका अनुसार यो समारोहमा अम्बानीले १२ अर्ब रुपैयाँ खर्च गरेका थिए। यसमा रिहाना र एकोन जस्ता चर्चित विदेशी कलाकारहरुले पनि प्रस्तुति दिएका थिए।

अनन्त र राधिका मर्चेन्टको बिहे भने यही जुलाईमा मुम्बईको जियो वर्ल्ड सेन्टरमा हुनेछ। 

प्रकाशित: May 15, 2024| 19:31 बुधबार, जेठ २, २०८१
प्रतिक्रिया दिनुहोस्