सोमबार, जेठ २६, २०८२

क्यानले गर्‍यो सन्दीप लामिछानेको निलम्बन फुकुवा 

 |  बुधबार, जेठ २, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २, २०८१

vianetvianet

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फुकुवा गरेको छ।

अध्यक्ष चतुरबहादुर चन्दले बुधबार विज्ञप्ति जारी गर्दै बलात्कार मुद्दामा निर्दोष रहेको उच्च अदालतको फैसला आएकोले लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट खेल गतिविधिबाट निलम्बन फुकुवा गरेको जानकारी गराएका छन्। 

जिल्ला अदालत काठमाडौंको फैसला उल्ट्याउँदै उच्च अदालत पाटनले बुधबार क्रिकेटर लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको हो। न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले प्रमाण नपुगेको भन्दै जिल्ला अदालत काठमाडौंको फैसला उल्टाएको हो।

काठमाडौं जिल्ला अदालतले लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गर्दै ८ वर्षको कैद र ५ लाख जरिवानाको सजाय सुनाएको थियो। 

प्रकाशित: May 15, 2024| 19:19 बुधबार, जेठ २, २०८१
प्रतिक्रिया दिनुहोस्