मंगलबार, वैशाख १, २०८३

आगामी ५ वर्षमा आर्थिक वृद्धिदर ७.३ प्रतिशत पुर्‍याउने लक्ष्य

 |  बुधबार, जेठ २, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २, २०८१

काठमाडौं- आगामी पाँच वर्षमा मुलुकको आर्थिक वृद्धिदर ७.३ प्रतिशत पुर्‍याउने लक्ष्य राखिएको छ। राष्ट्रिय योजना आयोगले आज यहाँ सार्वजनिक गरेको सोह्रौं योजनाको लक्ष्यअन्तर्गत आर्थिक वृद्धिदर ७.३ प्रतिशत पुर्‍याउने लक्ष्य राखिएको हो। 

National life

योजना आयोगका प्रवक्ता यमलाल भुसालले सोह्रौं योजनाको बारेमा प्रस्तुतिकरण गर्दै आर्थिक वृद्धिदर बढाउने लक्ष्य रहेको बताए। उनका अनुसार  आव २०७९/८० मा करिब ३.९ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०८५/८६ सम्म ७.३ प्रतिशत पुर्‍याउने लक्ष्य छ। 

उनका अनुसार प्रतिव्यक्ति आय वार्षिक दुई हजार तीन सय ५१ अमेरिकी डलर पुर्‍याउने लक्ष्य रहेको छ। सार्वजनिक सोह्रौं योजनाका लक्ष्य अनुसार गरिबीको रेखामुनी रहेको जनसङ्ख्या (निरपेक्ष गरिबी) २०.३ प्रतिशतबाट १२ प्रतिशतमा झार्ने लक्ष्य रहेको छ। 

यसैगरी उपभोक्ता मुद्रास्फीतिदर ७.७ प्रतिशतबाट ५ प्रतिशतमा झर्ने लक्ष्य रहेको छ। तथ्याङ्क अनुसार मानव विकास सूचनाङ्क ०.६०१ बाट बढाएर ०.६५ पुर्‍याउने लक्ष्य रहेको छ। मानव सम्पत्ति सूचनाङ्क ७६.३ बाट ७८ पुर्‍याउने लक्ष्य रहेको छ। आर्थिक तथा वातावरणीय जोखिम सूचनाङ्क २९.७ बाट २४ मा झार्ने लक्ष्य पनि तय भएको छ। 

यसैगरी अपेक्षित आयु ७१.३ बाट ७३ वर्ष पुर्‍याउने लक्ष्य रहेको छ। ३० मिनेटको दुरीमा स्वास्थ्य संस्थामा पहुँच भएको परिवार ७७ बाट ९० प्रतिशत पुर्‍याउने लक्ष्य रहेको छ। उच्च मध्यमस्तरको खानेपानीको पहुँच भएको घरपरिवार २५.८ बाट ४५ प्रतिशत पुर्‍याउने लक्ष्य रहेको छ। साक्षरता दर ७६.२ बाट ८५ प्रतिशत पुर्‍याउने लक्ष्य रहेको छ। सोह्राँै योजना कार्यान्वयन गर्नका लागि अनुमानित लगानी करिब रु एक सय ११ खर्ब  लाग्ने भएको छ।

kumari

प्रकाशित: May 15, 2024| 17:26 बुधबार, जेठ २, २०८१
प्रतिक्रिया दिनुहोस्