सोमबार, असोज २६, २०८३

सन्दीप लामिछानेलाई विश्वकप खेल्ने खुल्यो बाटो

 |  बुधबार, जेठ २, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २, २०८१

काठमाडौं- क्रिकेटर सन्दीप लामिछानेलाई टी-२० विश्वकप खेल्ने बाटो खुलेको छ।

बलात्कार मुद्दामा उच्च अदालत पाटनले जिल्ला अदालत काठमाडौंको फैसला उल्टाउँदै बुधबार सफाइ दिएको हो। न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको संयुक्त इजलासले जिल्लाको आदेश बदर गर्दै लामिछानेलाई सफाइ दिएको हो।

अदालतबाट सफाइ पाएका लामिछानेलाई अब क्रिकेटमा फर्किने बाटो खुलेको छ। जिल्ला अदालतको फैसलापछि नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेट खेल्नबाट प्रतिबन्ध लगाएको थियो। उच्च अदालतको फैसलापछि क्यानले निलम्बन फुकुवा गर्न सक्नेछ।

प्रकाशित: May 15, 2024| 17:24 बुधबार, जेठ २, २०८१
प्रतिक्रिया दिनुहोस्