शुक्रबार, पुस ११, २०८२

धनुषामा तीन दिनमा डेढ करोडभन्दा बढीको सामान बरामद

 |  बुधबार, जेठ २, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २, २०८१

धनुषा- जिल्ला प्रहरी कार्यालय धनुषाले तीन दिनमा डेढ करोड रूपैयाँभन्दा बढी लागतका भन्सार छलेर ल्याइएका सामान नियन्त्रणमा लिएको छ।

National life

धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले तीन दिनमा एक करोड ५८ लाख ६५ हजार रूपैयाँभन्दा बढीका सामानसहित गाडी र चालकलाई नियन्त्रणमा लिइएका जानकारी दिए।

उनका अनुसार जिल्ला प्रहरी कार्यालय र मातहतको इकाइबाट खटेको प्रहरी टोलीले गत बैशाख २९ गते बिहान बिलबीजकभन्दा २३ लाख ४५ हजार आठ सय ४० रूपैयाँ बढीका सामानसहित पिकअप गाडी र चालकलाई नियन्त्रणमा लिएको हो। 

यस्तै बैशाख ३० गते राति ३४ लाख ९१ हजार दुई सय रूपैयाँ बराबरको २१ क्वीन्टल प्याजसहित ट्रक र चालकलाई नियन्त्रणमा लिएको तिवारीले बताए।

त्यसैगरी बैशाख ३१ गते दिउँसो ८९ लाख ४६ हजार ९ सय रूपैयाँ बराबरको ६ सय कार्टुन मदिरासहितको ट्रक ढल्केवर नियन्त्रणमा लिएको र सोही दिन गणेशमान चारनाथ नगरपालिका-८ बाट १० लाख ८१ हजार तीन सय ३२ रूपैयाँ बराबरको सामानसहित मोटरसाईकल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

Laxmi sunrise bank
kumari

नियन्त्रणमा लिएको सामान तथा गाडीहरू थप अनुसन्धानका लागि सम्बन्धित निकायहरु आन्तरिक राजस्व कार्यालय जनकपुर, जनकपुर भन्सार कार्यालय, र राजस्व अनुसन्धान कार्यालय पथलैया पठाइएका छन्। 

प्रहरी उपरीक्षक तिवारीले भन्सार छलेर ल्याइएका सामानको ओसारपसार रोक्न बैशाख अन्तिम सातादेखि अभियानकै निगरानी बढाइएको र यसबाट राजस्व चुहावट न्यूनीकरणमा सघाउ पुग्ने अपेक्षा रहेको बताए।

प्रकाशित: May 15, 2024| 21:31 बुधबार, जेठ २, २०८१
प्रतिक्रिया दिनुहोस्