शुक्रबार, पुस ११, २०८२

तनहुँ जलविद्युत आयोजनाको भौतिक प्रगति ५५ प्रतिशत

 |  बुधबार, जेठ २, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २, २०८१

तनहुँ- ऋषिङ गाउँपालिका-१ झापुटारमा निर्माणाधीन १ सय ४० मेगावाट जडित क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत् आयोजनाको ५५ प्रतिशत भौतिक प्रगति भएको छ। आयोजनाले सञ्चालनमा ल्याएका तीन वटै प्याकेज (चरण)का कार्यलाई तीव्रता दिँदै आएकाले उक्त कार्य प्रगति हासिल गरेको हो।

National life

प्याकेज-१ मा ३५, प्याकेज-२ मा ५५ र प्याकेज-३ मा ७३ प्रतिशत कार्य प्रगति भइसकेको आयोजना प्रवर्द्धक तनहुँ हाइड्रोपावरका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले जानकारी दिए। प्याकेज-१ र २ मा निर्माण धमाधम भइरहेको भन्दै प्याकेज-३ मा प्रसारण लाइनका लागि रुख कटान नहुँदा निर्माण प्रभावित भएको उनले बताए।

तनहुँको तुलनामा चितवन खण्डमा सालका ठूला रुख कटान गर्नुपर्ने र केन्द्रीयस्तरबाट रुख कटानको आदेश नभएसम्म काम अघि बढाउन नसक्ने उनले बताए। दमौलीबाट चितवनको भरतपुरसम्म दुई सय २० केभीको डबल सर्किट प्रसारण लाइनको लागि प्याकेज-३ अन्तर्गत ३४.७ किलोमिटर दुरीमा प्रसारण लाइनको काम अघि बढाइएको थियो। कुल ९४ वटा टावरमध्ये ७६ वटा टावरको फाउण्डेसन कार्य सम्पन्न भएको छ, भने ५६ वटा टावर बनाइसकिएको छ। 

उक्त प्रसारण लाइन निर्माणका लागि केईसी इन्टरनेशनल लिमिटेड भारतले ठेक्का सम्झौता गरी काम सुरु गरेको थियो। निर्माण सम्पन्न गर्ने सम्झौता अवधिसमेत समाप्त भइसकेको सो आयोजनाले जनाएको छ। 

कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कूल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याज समेत) ५० करोड ५० लाख अमेरिकी डलर रहेको छ। जसमा एडिबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले आठ करोड ५० लाख र नेपाल सरकार,नेपाल विद्युत प्राधिकरणले आठ करोड ६० लाख डलर बेहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ।    -रासस

Laxmi sunrise bank
kumari

प्रकाशित: May 15, 2024| 21:01 बुधबार, जेठ २, २०८१
प्रतिक्रिया दिनुहोस्