शुक्रबार, पुस ११, २०८२

पर्सामा १० महिनामा ४३ करोडभन्दा बढीका सामान बरामद

 |  बुधबार, जेठ २, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २, २०८१

पर्सा- जिल्ला प्रहरी कार्यालय पर्साले चालु आर्थिक वर्षको १० महिनामा ४३ करोड ६४ लाख ३४ हजार ७९ रूपैयाँ रकम बराबरका राजस्व छलेर ल्याइएका सामान बरामद गरेको छ।

National life

जिल्लाका विभिन्न ठाउँबाट सो अवधिमा बैशाख महिनामा सबैभन्दा बढी छ करोड १३ लाख ६८ हजार रूपैयाँ मूल्यभन्दा बढी रकमका सामान बरामद गरिएको प्रहरी उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए।

उनले त्यसरी पक्राउ गरिएका सामानलाई कानूनी प्रक्रिया पूरा गरेर भन्सार कार्यालय वीरगञ्ज तथा राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा दाखिला गर्ने गरिएको उनले बताए।

यस्तै, गत चैत महिनामा पाँच करोड ८७ लाख ३६ हजार सात सय ९९, साउन महिनामा पाँच करोड ४३ लाख, भदौ महिनामा चार करोड ५४ लाख, असोज महिनामा पाँच करोड ७१ लाख र कात्तिक महिनामा दुई करोड ३२ लाख रूपैयाँ मूल्यपर्ने सामान नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।  

यसैगरी गत मङ्सिर महिनामा तीन करोड ८३ लाख, पुस महिनामा तीन करोड तीन लाख, माघ महिनामा तीन करोड ४३ लाख र फागुन महिनामा तीन करोड ३१ रूपैयाँ मूल्य पर्ने सामान नियन्त्रणमा लिइएको थियो।

Laxmi sunrise bank
kumari

अघिल्लो आर्थिक वर्ष २०७९/८० मा भने ४८ करोड नौ लाख ६४ हजार छ सय ४६ मूल्य बराबरका सामान बरामद गरिएको थियो। -रासस

प्रकाशित: May 15, 2024| 20:31 बुधबार, जेठ २, २०८१
प्रतिक्रिया दिनुहोस्