शुक्रबार, पुस ११, २०८२

मुगुको पाटनमा यार्सा टिप्न जानेको दुर्घटना बिमा

 |  बुधबार, जेठ २, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २, २०८१

मुगु- यार्सा टिप्न मुगुका विभिन्न पाटनमा जाने संकलकहरुको सुरक्षाका लागि दुर्घटना बीमा गरिएको छ। यार्सागुम्बा पाइने पाटनअन्तर्गत मुगुम कार्मारोङ्ग गाउँपालिकाले संकलकहरुको दुर्घटना बीमा गरेको हो।

National life

ठूलो सपना बोकेर पाटन पुगेका, जाँदै गरेका र फर्कने क्रममा पालिकाका सिमानाभित्र कोही घाइते भएमा उपचारमा सहयोग पुगोस् र कसैको मृत्यु भइहाले आश्रित परिवारलाई सहयोग पुगोस् भनेर गाउँपालिकाले  आर्थीक वर्ष २०७६-७७ देखि दुर्घटना बीमा शीर्षकमा बजेट छुट्याउँदै आएको निमित्त प्रमुख प्रशासकीय अधिकृत सुवाशचन्द्र रावलले जानकारी दिए। 

पाटनमा सुरक्षाका लागि खटिने सुरक्षाकर्मी, स्वास्थ्य टोली र हेराला वन सुरक्षा युवादस्तालाई पनि यस बीमा कार्यक्रममा समेटिएको रावलले बताए। उनका अनुसार पालिकाले बीमाका लागि चालु आवमा रु पाँच लाख बजेट विनियोजन गरेको छ। 

गत वर्ष यस योजनाबाट दुईजनाको परिवार लाभान्वित भएको रावलको भनाइ छ। उनका अनुसार बीमाबापत पीडित परिवारले न्यूनतम ५० हजार र अधिकतम एक लाख ५० हजारसम्म रकम पाउनेछन्। पालिकाको सीमित बजेटले थोरै भए पनि पीडामा पर्ने व्यक्ति र परिवारलाई राहत पुगोस् भनेर यो प्रयास सुरु गरिएको गाउँपालिकाका अध्यक्ष छिरिङ्ग क्याप्ने लामाले बताए। यो कार्यमा संघीय र प्रदेश सरकारले पनि लगानी गर्नुपर्ने उनको भनाइ छ।

बीमा प्राप्तिका जटिल प्रक्रिया हुँदा गरिब तथा विपन्न परिवार यस कार्यक्रममा सहभागी हुन नसकेका अध्यक्ष लामाको भनाइ छ। आगामी दिनमा यार्सा संकलकको अनिवार्य बीमा गर्ने नीति सरकारले नै लिनुपर्नेमा उनले जोड दिए। मुगुका दुई दर्जन बढी पाटनमा पाइने यार्सागुम्बा संकलनका लागि यही जेठ १५ गतेदेखि वन प्रवेश खुल्ला गरिँदैछ।

Laxmi sunrise bank
kumari

बर्सेनि पाटनमा सयौँ यार्सा संकलक बिरामी तथा घाइते हुँदै आएका छन्भने दर्जन बढीले ज्यान गुमाउने गरेका छन्। पालिकाको बीमा योजनाले पीडित र आश्रित परिवारलाई ठूलो राहत पुग्ने स्थानीय कार्मा सेराफ लामाले बताए। समयानुसार बीमा रकम समायोजन हुनुपर्ने उनको भनाइ छ।

प्रकाशित: May 15, 2024| 19:01 बुधबार, जेठ २, २०८१
प्रतिक्रिया दिनुहोस्