शुक्रबार, पुस ११, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • रकम लिएर कार्यक्रम नबनाएपछि हिमालयन बैंकले हाल्यो ग्यालेक्सी टिभीलाई मुद्दा

रकम लिएर कार्यक्रम नबनाएपछि हिमालयन बैंकले हाल्यो ग्यालेक्सी टिभीलाई मुद्दा

 |  बुधबार, जेठ २, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २, २०८१

काठमाडौं- ग्यालेक्सी टिभीले सिभिल बैंक (हाल हिमालयन बैंकमा गाभिएको) बाट रकम लिई कार्यक्रम नबनाएपछि अदालतमा मुद्दा परेको छ। टिभीले एक कार्यक्रमका लागि लिएको ६२ लाख रुपैयाँ फिर्ता नगरेपछि बैंक अदालत पुगेको हो।

National life

‘को बन्छ करोडपति’ नामक कार्यक्रमको दोस्रो श्रृंखलाका लागि भनेर पेश्कीबापत लगेको रकम फिर्ता नदिएको भन्दै हिमालयन बैंकले गोरखा मिडिया नेटवर्क प्रालि र त्यसअन्तर्गत सञ्चालित ग्यालेक्सी फोरके टीभीका सञ्चालक समितिविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ।  

कार्यक्रम उत्पादन र प्रसारणका लागि पेश्की रकम भुक्तानी गरेको तर ग्यालेक्सी टेलिभिजनले कार्यक्रम उत्पादन नगरेको भन्दै बैंकले करार सम्झौताबमोजिम रकम फिर्ता हुनुपर्ने माग गरेको छ। रजिस्ट्रेसन नम्बर ३९-०८०-३५४५० रहेको मुद्दा नम्बर ०८०-सीपी-७८७२ को ‘करार बमोजिम रकम दिलाइ भराइ पाउँ’ भन्ने फिरादपत्र बैंकले जिल्ला अदालतमा दर्ता गरेको छ।

तत्कालीन सिभिल बैंक र गोर्खा मिडियाबीच २०७८ माघ २८ गते 'को बन्छ करोडपति' कार्यक्रमको मुख्य प्रायोजक सिभिल बैंक रहने र त्यसबापत बैंकले १ करोड २४ लाख ३० हजार रुपैयाँ भुक्तानी गर्ने सम्झौता भएको देखिन्छ। जसमा कम्पनीका तत्कालीन क्रियटिभ डाइरेक्टर विपिनकुमार आचार्य र अपरेशन हेड पुष्पराज गिरीले हस्ताक्षर गरेका छन्। आचार्य अहिले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा सहमहामन्त्री छन्।

कार्यक्रम ५२ भागमा प्रसारण हुने र १२ भाग प्रसारण भएपछि थप २५ प्रतिशत  रकम पाउने सम्झौता भएको थियो। साथै ४४ भाग प्रसारण भएपछि पूरा रकम १ करोड २४ लाख ३० हजार भुक्तानी हुने उल्लेख छ। तर कार्यक्रम पनि नगरेको र सुरुमा पेश्कीबापत लगेको ६२ लाख १५ हजार रुपैयाँसमेत फिर्ता नगरेको बैंकको जिकिर छ।

Laxmi sunrise bank
kumari

कार्यक्रम गर्ने भनेर लगेको पैसा कार्यक्रम पनि नगरी फिर्ता नगरेपछि पटक-पटक ताकेता गर्दै कानुनी बाटोमा गएको बैंकको भनाइ छ। तत्कालीन समयमा ग्यालेक्सी फोरके टिभीमा हालका गृहमन्त्री रवि लामिछाने सञ्चालक थिए। उनको सेयर पछि छविराज जोशीले किनेका छन्। अहिले ग्यालेक्सीमा जीबी राई अध्यक्ष र छविराज जोशी सञ्चालक छन्।

 

 

प्रकाशित: May 15, 2024| 15:18 बुधबार, जेठ २, २०८१
प्रतिक्रिया दिनुहोस्