शुक्रबार, पुस ११, २०८२

गृहमन्त्री लामिछानेविरुद्ध तरुण दल पनि सडकमा

 |  बुधबार, जेठ २, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २, २०८१

काठमाडौं- नेपाली कांग्रेस निकट नेपाल तरुण दलले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध र्‍याली निकालेको छ। सहकारीको रकम अपचलनको आरोप खेपेका गृहमन्त्री लामिछानेविरुद्ध तरुण दलले सहकारी पीडितको पक्षमा प्रदर्शन गरेको हो।

National life

तरुण दल केन्द्रीय कार्यसमितिले सहकारी पीडितहरुको पक्षमा र सहकारी ठगीविरुद्ध माइतीघरदेखि नयाँ बानेश्वरसम्म र्‍याली निकालेको छ। र्‍यालीमा सहभागीहरूले गृहमन्त्री लामिछानेविरुद्ध नाराबाजी गरेका थिए।

आज नै कांग्रेसको भातृ संस्था नेविसंघले पनि लामिछानेविरुद्ध प्रदर्शन गरेको छ। प्रदर्शनमा नेविसंघले गृहमन्त्री रवि लामिछाने र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रश्न गरेको छ।

गृहमन्त्री लामिछानेको सहकारी ठगी प्रकरणमा ओलीले पनि जोगाउन खोजेको, गिरीबन्धु चिया बगानको जग्गाको सम्बन्धमा एमाले अध्यक्ष ओली दोषी रहेको आरोप नेविसंघका कार्यकर्ताहरूले लगाएका छन्।

प्रकाशित: May 15, 2024| 14:07 बुधबार, जेठ २, २०८१
प्रतिक्रिया दिनुहोस्