शुक्रबार, पुस ११, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • सन्दीपको मुद्दामा अन्तिम सुनुवाइ हुँदै गर्दा अदालत अदालतबाहिर कडा सुरक्षा

सन्दीपको मुद्दामा अन्तिम सुनुवाइ हुँदै गर्दा अदालत अदालतबाहिर कडा सुरक्षा

 |  बुधबार, जेठ २, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २, २०८१

काठमाडौं- क्रिकेटर सन्दीप लामिछानेको बलात्कार सम्बन्धी मुद्दामा अन्तिम सुनुवाइ भइरहँदा पाटन उच्च अदालतबाहिर सुरक्षा व्यवस्था कडा बनाइएको छ। उच्च अदालतको गेटदेखि हरिहर भवनसम्म बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालित छन्।

National life

सन्दीपका समर्थकको भीड बढेपछि प्रहरी तैनाथी बढाइएको हो। पत्रकारलाई समेत गेटभित्र छिर्न दिइएको छैन। हिजोको सुनुवाइमा मिडियाकर्मीलाई अदालतभित्र प्रवेश दिइएको थियो। तर, आज गेटमै रोकिएको छ।

हिजो हेर्दाहेर्दैमा परेको मुद्दाको सुनुवाइ आज बिहान ११ बजेबाट भइरहेको छ। आजै मुद्दाको फैसला सुनाउने तयारी भएकाले त्यहाँ भीड बढेको छ। हिजो नै फैसला आउने अपेक्षाका साथ अदालत पुगेका सन्दीपका समर्थकले फैसला नआएपछि नाराबाजी गरेका थिए।

जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत काठमाडौंले सुनाएको फैसलाविरुद्ध लामिछानेले दिएको पुनरावेदनमा उच्च अदालत पाटनमा सुनुवाइ भइरहेको छ।

न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको संयुक्त इजलासमा सुनुवाइ जारी रहँदा अदालत आसपास सुरक्षा व्यवस्था कडा पारिएको हो। अदालत छिर्ने सडकदेखि गेटसम्म बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ। हाते माइकसहित सडकमा खटिएका प्रहरीले पैदलयात्रीलाई समेत सोधीखोजी गरिरहेका छन्।

Laxmi sunrise bank
kumari

सिमसिम पानी परिरहँदा अदालतको फैसला कुरिरहेका सयभन्दा बढी मानिस अदालत परिसर बाहिर छन् । प्रहरी पनि उस्तै संख्यामा छन्। माहोल हेर्दा अदालतले आजै फैसला सुनाउने तयारी गरेको देखिन्छ।

मंगलबार साँझसम्म वादी र प्रतिवादीको बहस भएको थियो। दुवै पक्षका केही कानुन व्यवसायीले बोल्न बाँकी रहेकाले मुद्दा ‘हेर्दाहेर्दै’ सूचीमा राखिएको थियो।

मंगलबार जाहेरवाला गौशाला २६ पक्षका दुई सरकारी वकिल, दुई निजी वकिल तथा प्रतिवादी सन्दीपतर्फका पाँच वकिलले बहस सकेका थिए।

१३ पुस २०८० मा जिल्ला अदालत काठमाडौंले बलात्कार अभियोगमा दोषी ठहर गरी २५ पुसमा सन्दीपविरुद्ध ८ वर्ष जेल सजाय, पीडितलाई तीन लाख रुपैयाँ क्षतिपूर्ति र दुई लाख रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको थियो। जाहेरवालाको आंशिक दाबी पुग्ने जिल्ला अदालतको ठहर थियो। उक्त फैसलालाई चुनौती दिँदै सन्दीप उच्च अदालत पुगेका हुन्। उच्च अदालतमा १२ चैत २०८० मा निवेदन दर्ता भएको थियो।

प्रकाशित: May 15, 2024| 13:46 बुधबार, जेठ २, २०८१
प्रतिक्रिया दिनुहोस्