आइतबार, भदौ ७, २०८३

नोबेल पुरस्कार विजेता साहित्यकार एलिस मुनरोको निधन

 |  बुधबार, जेठ २, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २, २०८१

काठमाडौं- नोबेल पुरस्कार विजेता लेखिका एलिस मुनरोको निधन भएको छ। कथ्य-शैलीका कारण 'द क्यानेडियन चेखब' का रूपमा समेत परिचित मुनरोको ९२ वर्षको उमेरमा मंगलबार निधन भएको हो। 

केही वर्षदेखि उनी डिमेन्सियाबाट ग्रसित थिइन्। मुनरोलाई सन् २०१३ मा साहित्यतर्फको नोबेल साहित्य पुरस्कार दिइएको थियो। नोबेल कमिटीले मुनरोलाई 'समकालीन कथाकी कुशल कालिगढ' को संज्ञा दिएको थियो। 

मुनरोको जन्म सन् १९३१ मा क्यानडा ओन्टारियोको किसान परिवारमा भएको थियो। उनी सानैदेखि साहित्यप्रति रूचि राख्थिन्। 

मुनरोको निधनमा क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले दु:ख व्यक्त गरेका छन्। प्रधानमन्त्रीले शोक वक्तव्य जारी गर्दै 'एक साहित्यिक हस्ती' गुमाएको जनाएका छन्। 

मुनरोका 'डियर लाइफ', 'रनअवे', 'लाइभ्स अफ गर्ल्स एन्ड वुमेन' लगायतका चर्चित पुस्तक छन्। 

प्रकाशित: May 15, 2024| 09:40 बुधबार, जेठ २, २०८१
प्रतिक्रिया दिनुहोस्