आइतबार, जेठ २५, २०८२

फुपूको घरमा आएका परियार दाजुभाइको बबईमा डुबेर मृत्यु

 |  बुधबार, जेठ २, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २, २०८१

vianetvianet
National life insurance

तुलसीपुर (दाङ)- पौडी खेल्ने क्रममा डुबेर दाजुभाइको मृत्यु भएको छ। बबई नदीमा पौडी खेल्ने क्रममा बबई गाउँपालिका–७ ओदाले घाटमा डुबेर दाजुभाइको मृत्यु भएको हो। 

भारतबाट फूपूको घरमा आएका १८ वर्षीय दीपक परियार र १६ वर्षीय दिपेश परियारको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी निरीक्षक अजयजङ्ग थापाले बताए।

दीपकको उपचारका क्रममा प्रादेशिक अस्पताल तुलसीपुरमा र दिपेशको घटनास्थलमै मृत्यु भएको हो। मृतकका परिवार कामको सिलसिलामा भारत बस्ने गरेका थिए।
 

प्रकाशित: May 15, 2024| 07:14 बुधबार, जेठ २, २०८१
प्रतिक्रिया दिनुहोस्