शुक्रबार, पुस ११, २०८२

सन्दीप लामिछानेको मुद्दामा आज फैसलाको सम्भावना

 |  बुधबार, जेठ २, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २, २०८१

काठमाडौं- क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबर्जस्ती करणीसम्बन्धी मुद्दामा आज पनि सुनुवाइ हुने भएको छ।

National life

उच्च अदालत पाटनमा न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा मंगलबार बहस भएको र सुनुवाइ नसकिएपछि आज पनि सुनुवाइ हुने भएको हो।

हिजो हेर्दाहेर्दैमा राखिएकोले आज बहस सकिए फैसला आउनेछ। बहस अन्तिम चरणमा पुगेकोले फैसलाको सम्भावना रहेको सम्बद्ध वकिलहरुले बताएका छन्। 

यसअघि जिल्ला अदालत काठमाडौंले लामिछानेलाई बलात्कारमा दोषी ठहर गर्दै आठ वर्ष कैद र जरिवानाको फैसला सुनाएको थियो। सोही फैसलाविरुद्ध गएको पुनरावेदन निवेदनमा बहस भइरहेको हो। 

प्रकाशित: May 15, 2024| 07:07 बुधबार, जेठ २, २०८१
प्रतिक्रिया दिनुहोस्