सोमबार, भदौ ८, २०८३

राससमा प्रधान सम्पादक र प्रमुख समाचारदाता फेरिए

 |  मंगलबार, जेठ १, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १, २०८१

काठमाडौं- राष्ट्रिय समाचार समिति (रासस) को प्रधान सम्पादकमा उत्तम सिलल्वाल र प्रमुख समाचारदातामा एकराज पाठकले जिम्मेवारी पाएका छन्। पाठक यसअघि प्रधान सम्पादक र सिल्वाल प्रमुख समाचारदाताको जिम्मेवारीमा थिए।

रासस व्यवस्थापनले आज मंगलबारदेखि लागू हुने गरी उनीहरूको जिम्मेवारी हेरफेर गरेको जनाएको छ। उनीहरुले आजै राससका समाचार महाशाखा प्रमुख एवं नायब महाप्रबन्धक सोमनाथ लामिछाने, सञ्चालक समितिका सदस्य एवं आलेख सेवा प्रमुख कृष्ण अधिकारीसमेतको उपस्थितिमा आ–आफ्नो जिम्मेवारी एकअर्कालाई हस्तान्तरण गरे।

राससको दसौं तहमा कार्यरत सिल्वाल र पाठक दुवै २०५६ साल फागुन १९ गते राससमा प्रवेश गरेका थिए।

प्रकाशित: May 14, 2024| 13:01 मंगलबार, जेठ १, २०८१
प्रतिक्रिया दिनुहोस्