मंगलबार, वैशाख १, २०८३

फूलको गुच्छा लिएर उभिए सभामुख, तर भएन राष्ट्रपतिको सवारी

 |  मंगलबार, जेठ १, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १, २०८१

काठमाडौं- सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न आज दिउँसो ३ बजे राष्ट्रपति रामचन्द्र पौडेल नयाँ बानेश्वरस्थित संघीय संसद् भवन पुग्दैछन्।

National life

निरन्तर संसद् अवरुद्ध गर्दै आएको नेपाली कांग्रेसले आजको बैठक अवरुद्ध नगर्ने भएपछि नीति तथा कार्यक्रम हुने निश्चित भएको छ।

राष्ट्रपति आउने भएपछि संसद् भवन सिँगारिएको छ र सुरक्षा व्यवस्था कडा पारिएको छ। सुरक्षाकर्मीसँगै तालिमप्राप्त कुकुरसमेत परिचालन गरिएको छ। संसद् भवनलाई राष्ट्रिय झण्डा, तोरन र फूलले सजाइएको छ भने पानीको फोहोरा फ्याँक्ने फाउन्टेन पनि चलाइएको छ।

राष्ट्रपति आउनुअघि आज बिहान उनको सवारीको रिहर्सलसमेत गरिएको छ। रिहर्सलमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दहाल, संसद् सचिवालयका कर्मचारी, मर्यादापालक तथा सुरक्षाकर्मीहरु सहभागी थिए। सभामुख र अध्यक्ष फूलको गुच्छा लिएर संसद् भवन बाहिर बसेका थिए।

 

kumari

प्रकाशित: May 14, 2024| 11:52 मंगलबार, जेठ १, २०८१
प्रतिक्रिया दिनुहोस्