मंगलबार, वैशाख १, २०८३

सहरमान विश्वकर्माले १०२ वर्षको उमेरमा आँखा देखेपछि...

 |  मंगलबार, जेठ १, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १, २०८१

खोटाङ- नेत्रज्योति संघ खोटाङले दिक्तेलमा आयोजना गरेको तीन दिने निःशुल्क आँखा शल्यक्रिया शिविरमा १०२ वर्षीय वृद्धसहित १४३ जनाको आँखाको सफल शल्यक्रिया भएको छ।

National life

गत वैशाख २९–३१ गतेसम्म सञ्चालन भएको शिविरमा दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्माका सहरमान विश्वकर्मासहित १४३ जनाको मोतियाविन्दुको शल्यक्रिया र ३६ जनाको  शल्यक्रिया गरिएको हो। चार वर्ष देखि पूर्ण रूपमा देख्न छाडेका विश्वकर्माले शल्यक्रियापछि पुनः दृष्टि प्राप्त गरेको बताए।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकासँगको सहकार्य तथा सगरमाथा चौधरी आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा  १४ जना स्वास्थ्यकर्मीको टोलीले सेवा प्रवाह गरेको हो।

नगरपालिका, नेत्रज्योति संघ खोटाङ र आँखा उपचार केन्द्र दिक्तेलले वडा–वडामा पुगेर आँखा जाँच गर्दा शल्यक्रिया गर्नुपर्ने अवस्था देखिएका बिरामीलाई लक्ष्य गरी निःशुल्क आँखा शल्यक्रिया शिविर सञ्चालन गरिएको नेत्रज्योति संघका अध्यक्ष इन्द्र कसजूले बताए। शिविरमा तीन सय ७३ जनालाई निःशुल्क चश्मा तथा ६५० जनालाई निःशुल्क औषधि वितरण गरिएको थियो।

 

kumari

प्रकाशित: May 14, 2024| 11:41 मंगलबार, जेठ १, २०८१
प्रतिक्रिया दिनुहोस्