सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • नीति तथा कार्यक्रम र १६औं पञ्चवर्षीय योजना मन्त्रिपरिषद् बैठकबाट पारित

नीति तथा कार्यक्रम र १६औं पञ्चवर्षीय योजना मन्त्रिपरिषद् बैठकबाट पारित

 |  मंगलबार, जेठ १, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १, २०८१

काठमाडौं- सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले संयुक्त सदनमा राष्ट्रपति रामचन्द्र पौडेले प्रस्तुत गर्ने नीति तथा कार्यक्रम पारित गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन्।

त्यस्तै आजको बैठकले सोह्रौं पञ्चवर्षीय आवधिक योजना पनि पारित गरेको छ। ‘सुशासन, सामाजिक न्याय र समृद्धि’ मुख्य लक्ष्यसहित सोह्रौं पञ्चवर्षीय आवधिक योजना (२०८१/८२-२०८५/८६) को मस्यौदा अन्तिम स्वीकृतिका लागि राष्ट्रिय योजना आयोगले हिजो मन्त्रिपरिषद्‍मा पठाएको थियो।

प्रकाशित: May 14, 2024| 11:31 मंगलबार, जेठ १, २०८१
प्रतिक्रिया दिनुहोस्