बिहीबार, जेठ २१, २०८३

खोटाङका गिरी सुकेधारामा मृत भेटिए

 |  मंगलबार, जेठ १, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १, २०८१
National life
Shivam cement

काठमाडौं- काठमाडौं महानगरपालिका-४ सुकेधारामा भेटिएको शवको पहिचान खुलेको छ। मृतक खोटाङको हलेसी तुवाचुङ नगरपालिका-७ घर भएका ४४ वर्षीय भीषण गिरी रहेको खुलेको छ।

सुकेधारा चोकको रोयल मार्बल नजिकै सडकको नालामा उनी मृत अवस्थामा मंगलबार बिहान भेटिएका थिए। नालामा घोप्टो परेको अवस्थामा शव भेटिएको थियो। गिरीका आफन्त प्रहरीको सम्पर्कमा आएका छन्।

उनको मृत्युको कारण खुलिसकेको छैन। घटनास्थल मुचुल्का उठाएर शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ। गिरीको निधारमा दुई इन्च लामो खतसमेत भेटिएको छ।

प्रकाशित: May 14, 2024| 11:17 मंगलबार, जेठ १, २०८१
प्रतिक्रिया दिनुहोस्