आइतबार, जेठ २५, २०८२

पेट्रोल पम्पमा होर्डिङ बोर्ड खस्दा १४ जनाको मृत्यु

 |  मंगलबार, जेठ १, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १, २०८१

vianetvianet

काठमाडौं- भारतको मुम्बईमा होर्डिङ बोर्ड खसेर च्यापिँदा १४ जनाको मृत्यु भएको छ।

मुम्बईको घाटकोपरस्थित समता कोलोनी नजिक एक पट्रोल पम्पसँगै राखिएको विशाल होर्डिङ बोर्ड सोमबार अपराह्न वर्षा र तुफानसँगै खसेको थियो।

घटनामा परी १४ जनाको मृत्यु भएको र ७४ जना घाइते भएको समाचार संस्था एएनआइले जनाएको छ। अझै कतिपय त्यहीँ फसेको र मृतकको संख्या बढ्न सक्ने अनुमान छ। ७० बाइ ५० मिटर ठूलो होर्डिङ बोर्ड पेट्रोल पम्पमाथि खसेको थियो।

त्यहाँ हुरीबतास र वर्षाका कारण मानिसहरु ओत लागेका थिए। 
 

प्रकाशित: May 14, 2024| 08:25 मंगलबार, जेठ १, २०८१
प्रतिक्रिया दिनुहोस्