शुक्रबार, पुस ११, २०८२

लहानमा मध्य राति बम पड्काएर लुटपाट

 |  मंगलबार, जेठ १, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १, २०८१

सिरहाको लहान नगरपालिका-१७ हरिपुर टोलमा सोमबार राति घरमा लुटपाट भएको छ। राति ११ बजे डाकाहरुले बम पड्काएर ६ घरमा लुटपाट गरेका हुन्। बम पड्किंदा केही स्थानीय घाइते भएका छन्। 

National life

स्थानीय राजदेव यादव, अजयकुमार यादव, रामबाबु ठाकुर, रामअवतार ठाकुर, रामप्रसाद यादव, निरञ्जन यादवको घर लुटिएको प्रहरीले छ। डाकाहरुले नगद र गरहना लुटेका छन्। 

डाकालाई प्रतिकार गर्न खोज्दा गम्भीर घाइते भएका योगेन्द्र यादव र निरंजन यादवलाई उपचारका लागि विराटनगर पठाइएको छ । अन्य घाइते रामबाबु यादव, विरछ 

डाकाबाट पीडित भएका परिवारलाई राहत र घाइतेलाई उपचारका लागि लहान नगरपालिकाबाट एक/एक लाख रुपैयाँ उपलब्ध गराउने मेयर महेश चौधरीले जनाएका छन्। चौधरीले गाउँमै पुगेर घटनाबारे जानकारी लिएका छन्। घटनाबारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: May 14, 2024| 08:18 मंगलबार, जेठ १, २०८१
प्रतिक्रिया दिनुहोस्