आइतबार, जेठ २५, २०८२

खोला र नदीमा नुहाउँदा चार जनाको मृत्यु

 |  सोमबार, वैशाख ३१, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ३१, २०८१

vianetvianet

काठमाडौं- कैलाली र डडेल्धुरामा नुहाउने क्रममा डुबेर चार जनाको मृत्यु भएको छ।

कैलालीको कैलारी गाउँपालिका-८ स्थित लोहरपुर तेडी बाध नदीमा डुबेर सोही ठाउँ बस्ने बालु साउदकी छोरी १३ वर्षीया दुर्गा साउद र सिताराम खड्काको छोरा ७ वर्षीय अमिल खड्काको आइतबार दिउँसो मृत्यु भएको छ।

नुहाउने क्रममा डुबेर अशक्त भएका उनीहरूमध्ये अमिलको उदासिपुर प्राथमिक स्वास्थ्य केन्द्र हसुलियामा र  दुर्गाको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो।

यसैगरी डडेल्धुराको गन्यापधुरा गाउँपालिका-२ स्थित सिमताल खोलामा नुहाउने क्रममा डुबेर सोही गाउँपालिका-२ कुँवरगाउँ बस्ने इन्द्र बहादुर मल्लकी छोरी १४ वर्षीया दिपा मल्ल र नारद सार्कीकी छोरी १७ वर्षीया लक्ष्मी सार्कीको आइतबार दिउँसो मृत्यु भएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित: May 13, 2024| 13:52 सोमबार, वैशाख ३१, २०८१
प्रतिक्रिया दिनुहोस्