शुक्रबार, पुस ११, २०८२

२४ वर्षे युवकले २ अर्बको अवैध कारोबार गरेपछि...

 |  सोमबार, वैशाख ३१, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ३१, २०८१

काठमाडौं- अनलाइन सट्टेबाजीमा संलग्न एक युवकलाई पक्राउ गरेर प्रहरीले सोमबार सार्वजनिक गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले २४ वर्षीय अनिल ढुंगानालाई पक्राउ गरेको हो।

National life

ढु‌गानाले वानएक्स बेट, जुवा ३६५ जस्ता अनलाइन बेटिङ वेबसाइटको प्रयोग गरी २ अर्बभन्दा बढीको कारोबार गरेको खुलेको कार्यालयले बुधबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ।

उनले ५५ वटा बैंक खातामार्फत उक्त कारोबार गरेको पाइएको छ। पक्राउ परेका ढुंगाना काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नम्बर ८ घर भई हाल भक्तपुरको सूर्यबिनायकमा बस्दै आएको प्रहरीले जनाएको छ।

ढुंगानाले भारतीय परिचयपत्र समेत बनाएको पाइएको छ। उनले अनिल साहको नामबाट भारतीय आधार कार्ड, प्यान कार्ड, दिल्ली मेट्रो कार्डसमेत बनाएको पाइएको हो।

यस्तै उनको साथबाट एचडीएफसी बैंकको चेकबुक, एटीएम कार्डलगायत एयरटेल कम्पनीको सिमकार्ड समेत बरामद भएको छ। उनले सामाजिक सञ्जाल फेसबुकमा जुवा ३६५ नामक पेज खोलेर त्यहाँ आबद्ध भएका साथीहरुलाई बेटिङ जुवामा सहभागी गराई वुवा ३६५ बेटिङ वेबसाइटको आधिकारिक मालिक आफैं रहेको भनी युजरहरुलाई विश्वास दिलाएर उक्त कारोबार गरेको पाइएको प्रहरीले जनाएको छ।

Laxmi sunrise bank
kumari

उनले बैंकमार्फत ६१ कारोड ६४ लाख, डिजिटल वालेटमार्फत ५ करोड ९३ हजार तथा क्रिप्टो करेन्सीमार्फत १ अर्ब ३४ करोड ५२ लाख कारोबार गरेको देखिएको छ। उनले विभिन्न व्यक्तिहरुको नाममा रहेका ११ वटा कनेक्ट आईपीएसमा ५५ वटा बैंक खाता लिंक गरेर कारोबार गरेको पाइएको छ।

यसैगरी १५ वटा वालेटका साथै फाइनान्समार्फत २ वटा खाता प्रयोग गरी विभिन्न २४३ वटा क्रिप्टो करेन्सीमार्फत कारोबार गरेको खुलेको छ।

प्रकाशित: May 13, 2024| 12:52 सोमबार, वैशाख ३१, २०८१
प्रतिक्रिया दिनुहोस्