सोमबार, भदौ ८, २०८३

चाउचाउ खाँदा ६ जना बिरामी, एक बालकको मृत्यु

 |  सोमबार, वैशाख ३१, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ३१, २०८१

भारत उत्तर प्रदेश राज्यको पीलभीतमा चाउचाउ खाएकै कारण एक १२ वर्षीय बालकको मृत्यु भएको दाबी गरिएको छ। आजतकका अनुसार चाउचाउ खाएपछि परिवारका ६ जना बिरामी भएका थिए।

अस्पतालमा उपचारका क्रममा बालकको मृत्यु भएको छ। फुड प्वाइजनिङका कारण सबै बिरामी भएको आशंका गरिएको छ। राति चाउचाउ र भात खाएपछि एकै परिवारका तीन बालबालिकासमेत ६ जना बिरामी भएका थिए। बिरामीहरूलाई निजी अस्पतालमा लगिएकोमा बालकको भने उपचारकै क्रममा निधन भयो।

बाँकी बिरामीको हालत भने स्थिर रहेको बताइएको छ। परिवारका सदस्यले चाउचाउको साथमा अन्य केही खानेकुरा खाएकोले बिरामी परेको हुन सक्ने खाद्य अधिकारीहरुले अनुमान गरेका छन्।

प्रकाशित: May 13, 2024| 12:15 सोमबार, वैशाख ३१, २०८१
प्रतिक्रिया दिनुहोस्