शुक्रबार, पुस ११, २०८२

बिजुलीको पोल बोकेको ट्याक्टर दुर्घटनामा तीनजनाको मृत्यु

 |  सोमबार, वैशाख ३१, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ३१, २०८१

दैलेखको दुल्लु नगरपालिका–६ धाडाको जंगलमा भे.१ त. ८९६ नम्बरको ट्याक्टर दुर्घटनामा परेर घाइते भएका थप दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ यो सँगै मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

National life

आइतबार विद्युतको पोल बोकेर दुल्लुको भस्नेपाटीदेखि खड्केगैरा जाँदै गरेको ट्याक्टर  दुर्घटनामा परी दुल्लु नगरपालिका–६ का ५५ वर्षीय मानबहादुर रावलको घटनास्थलमै मृत्यु भएको थियो ।

अन्य दुई जना दुल्लु नगरपालिका–६ खच्चेगैराका ५६ वर्षीय कमारो रावल र चालक कमल शाहीको उपचारका क्रममा सुर्खेतको कालागाउँ अस्पतालमा आइतबार राती मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।  अन्य तीन जना घाइतेको पनि उपचार भइरहेको छ ।  

 

प्रकाशित: May 13, 2024| 11:41 सोमबार, वैशाख ३१, २०८१
प्रतिक्रिया दिनुहोस्