सोमबार, जेठ २६, २०८२

यी स्थानमा हुनेछ आज र भोलि वर्षा

 |  सोमबार, वैशाख ३१, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ३१, २०८१

vianetvianet

काठमाडौं- हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। 

अहिले बिहान सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको छ। 

गण्डकी प्रदेशका थोरै स्थानहरूमा साथै कोशी र बागमती प्रदेशका एक–दुई स्थानहरूमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्का वर्षा भइरहेको छ।

सोमबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। देशका पहाडी भू–भागका थोरै स्थानहरूमा साथै तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश लगायत बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

National life insurance

मंगलबार पनि देशका केही भूभागमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

मंगलबार कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ। कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा तथा मधेश र बाँकी पहाडी भू–भागको एक–दुई स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति कोशी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

पछिल्लो एक घन्टामा लमजुङमा अलि बढी पानी परेको छ। लमजुङको कुन्छामा ३४.४ मिलिमिटर वर्षा भएको छ।

पछिल्लो २४ घन्टामा त्यहाँ भारी वर्षा भएको मापन भएको छ। २४ घन्टाको अवधिमा कुन्छा क्षेत्रमा ८०.२ मिलिमिटर वर्षा भएको छ।

सिन्धुपाल्चोकको ढुंगेमा ४४.८, ओखलढुंगामा ४९.४, सप्तरीको बरमझियामा ४५.२, इलाममा ४५.४, झापाको कचनकबलमा ४४.६ पानी परेको छ।

प्रकाशित: May 13, 2024| 08:17 सोमबार, वैशाख ३१, २०८१
प्रतिक्रिया दिनुहोस्