शुक्रबार, पुस ११, २०८२

सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

 |  आइतबार, वैशाख ३०, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ३०, २०८१

National life
Laxmi sunrise bank
kumari

सिन्धुपाल्चोक- चौतारा साँगाचोकगढी नगरपालिका-८ स्थित अरनिको राजमार्गको जल्किने मोडमा आज मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। 
 
चौतारातर्फ आउँदै गरेको बागमती प्रदेश ०२००६ प ९५३९ नं को मोटर साइकलको पछाडि सवार २३ वर्षीय इन्दिरा अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ। उनको श्रीमान् मोटरसाइकल चालक सन्तोष दुलाल  घाइते भएका छन्।  विपरीत दिशाबाट आउँदै गरेको बा. प्र. ०१-००६ ख. २७१६ नं. को टिपरसँग ठोक्किँदा मोटरसाइकल अनियन्त्रित भएको थियो।
 
अधिकारीलाई उपचारका लागि चौतारा अस्पताल ल्याइएकामा अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ। 

प्रकाशित: May 12, 2024| 20:47 आइतबार, वैशाख ३०, २०८१
प्रतिक्रिया दिनुहोस्